प्रहरी र विप्लव कार्यकर्ता बीच गोली हानाहान


प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । मंगलबार १०/१५ जना हतियारधारी समूहको टोली रहेको सूचना पाएपछि पुगेको भोजपुर प्रहरीलाई जंगलमा समूहभन्दा पछाडि रहेका एक व्यक्तिले पेस्तोल फायरिङ गरेपछि प्रहरीले पनि जवाफी गोली चलाएको हो ।

प्रहरीले गोली प्रहार गरि विप्लव समूहका कार्यकर्ता भोजपुर षडानन्द नगरपालिका २ का ३२ वर्षका तीर्थराज घिमिरेलाई पक्राउ पनि गरेको छ ।

उनको तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइदैँछ ।

पक्राउ परेका साथबाट एक थान कटुवा पेस्तोलको गोली पाँच थान, लामो बाइनाकुलर एक थान, डेटोनेटर चार थान, डेटोनेटर कर्ड अन्दाजी २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति, पर्चा, पम्प्लेट समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: