रोयल्टी समाजमा आर्थिक हिनामिना


स्रष्टाहरूको रोयल्टी संकलन गर्न गठित ‘संगीत रोयल्टी संकलन समाज’मा आर्थिक हिनामिना भएको त्यहाँका पूर्वपदाधिकारीले बताएका छन् । आइतबार राजधानीमा सम्पन्न समाजको विशेष साधारण सभामा पूर्वकोषाध्यक्ष लोकराज अधिकारीका तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक हिनामिना भएको देखिएपछि हिनामिना गर्नेहरूलाई कारबाहीको माग गरिएको छ ।

अधिकारीले पेस गरेको आर्थिक प्रतिवेदनमा समाजका २३ लाख रुपैयाँ हिनामिना भएको कार्यसमितिका पूर्वसदस्य एवं संगीतकार लक्ष्मण शेषले देखाएपछि सोबारे छानबिनसँगै अघिल्लो कार्यसमितिका दोषीलाई कारबाही गर्ने निर्णय भएको छ ।

नेपाली संगीत स्रष्टाहरूको रोयल्टी संकलन गर्न यो संस्था एक दशकभन्दा अघि गठन भएको हो । नेपाली गीतसंगीत बजाएबापत रेडियो, टेलिभिजन, विभिन्न यातायात, पार्टी प्यालेस, रेस्टुरेन्ट, होटल तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने टिमहरूसँग समाजले रोयल्टी उठाउने गरेको छ । यसरी उठाएको रोयल्टीमा २५ प्रतिशत रकम कार्यलयको खर्चका लागि काटेर बाँकी रकम समाजका सबै पदाधिकारीलाई दामासाही हिसाबले बुझाउनुपर्ने हो । तर, अघिल्लो पदाधिकारीले यसरी रकम उठाएर मनपरी खर्च गरेको भन्दै यसका सदस्यहरूले कार्यक्रममा व्यापक विरोध गरे । राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: