उखु किसानको अनसन


सर्लाहीमा उखु किसानले आइतबारदेखि मलंगवामा सुरु गरेको रिले अनशनमा नगरप्रमुखले पनि सहभागिता जनाएका छन् । उखु किसानसँगै बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंह, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपालका केन्द्रीय सहमहामन्त्री राकेश मिश्रसमेत अनशनमा बसेका छन् ।

राजपाका सहमहामन्त्री मिश्रकै नेतृत्वमा किसानले ३१ वैशाखमा जिल्ला प्रशासन कार्यालय मलंगवामा ७२ घण्टा अर्थात् तीन दिनभित्र भुक्तानी उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझाएको एक साता हुँदासमेत भुक्तानी दिलाउन पहल नभएपछि रिले अनशन सुरु गरिएको उखु किसान संघर्ष समिति क्षेत्र नम्बर ४ का अध्यक्ष एवं उखु किसान रामसोगारथ राय यादवले बताए | आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: