नेकपाका केन्द्रिय सदस्यहरु नै ‘मोस्ट वान्टेड’ सूचीमा !


सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन्। तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी जारी गरेको हो।

ति केन्द्रीय सदस्य हुन्, दोलखा गौरीशंकर गाँउपालिका-१ का गंगा कार्की (विश्व)। उनीसँगै दोलखा नेकपाका नेता शंकर लामालाई पनि पक्राउ पुर्जी प्रहरीले जारी गरेको नेता कार्कीले बताए।

२०५२ साल माघ २ गते तत्कालीन माओवादीले ‘जनयुद्द’ सुरु गर्ने बेला पार्टी नीति अनुसार नै कब्जामा लिएको विस्फोटक पदार्थलाई आधार बनाई ‘खरखजना चोरी मुद्दा’ मा प्रहरीले अहिले कार्की र लामालाई पक्राउ पुर्जी जारी गरेको हो।

दोलखा चरिकोट बजारमा सडक निर्माणमा प्रयोगका लागि राखिएको ४२ हजार ७ सय डिटोनेटर, तीन क्विन्टल फ्यूज र ३ वाकस जिलेटिन त्यक्तिबेला तत्कालीन माओवादीले कब्जामा लिएको थियो।

त्यही विस्फोटक पदार्थको प्रयोग गरी माओवादीले २०५२ फागुन १ मा कतिपय स्थानमा विस्फोट गराएको थियो र जनयुद्दको उद्घोष गरेको थियो। अन्नपूर्ण अनलाईनबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: