संचार मन्त्री नेकपाका प्रतिनिधिको मिडिया काउन्सिल विधेयक बारे छलफल


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफू निकटमा पत्रकारहरुसँग छलफल गरेको छ । नेकपा मुख्यालय धुम्बाराही आइतबार बिहान नेकपाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे पत्रबारहरुसँग छलफल गरेको हो ।

छलफलमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेताहरु पम्फा भुसाल र योगेश भट्टराई लगायत उपस्थित थिए ।

राष्ट्रिय सभामा गत बैशाख २७ गते दर्ता भएको विधेयक प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै नेपाल पत्रकार महासंघले आन्दोलन अघि बढाएपछि नेकपाले विधेयकमा सुधारका लागि आजबाट पहलकदमी लिएको छलफलमा सहभागी एक नेताले बताए ।

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना तिराउने प्रावधान राखिएको भन्दै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत विधेयकको विपक्षमा उभिदै आएका छन् ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि सरकारले ल्याएको विधेयकको विपक्षमा छन् । सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयक नसच्याएसम्म महासंघको आन्दोलन नरोकिने पत्रकार महासंघले बताउँदै आएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटासहितको छलफलमा प्रेस संगठनमा आवद्ध वरिष्ठ नेताहरुसँग बिधेयकको बिषयमा सुझाव लिइएको थियो । सञ्चार मन्त्री र पत्रकार संगठनका नेताहरुको धारणा बाझिएपछि नेकपाले विधेयकको बिषयमा एकरुपता कायम गर्ने योजनासहित छलफल गरेको हो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: