दैनिक उपभोग्य वस्तुमा स्वच्छता र शुद्दताको अभाव


खाने तेल, प्रशोधित पानी, दुध तथा दुग्ध जन्य पदार्थको स्वच्छता तथा गुणस्तरमा समस्या आउने गरेको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा विभागका अधिकारीहरुले त्यस्तो जानकारी गराएका हुन् ।

विभागले ती वस्तुमा स्वच्छता तथा गुणस्तर अभिवृद्धिका सचेतना, अनुगमन, नियमनका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले खाने तेल, प्रशोधित पानी, दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तारमा बढी समस्या देखिएको बताए ।

‘खाने तेल, प्रशोधित पानी, दुध तथा दुग्धजन्य पदार्थमा जीवाणु भएको खण्डमा त्यसले उपभोक्तालाई हानी गर्छ । डायरिया, जन्डिस, टाइफाइडको संक्रमण हुन सक्छ’ उनले भने ।

त्यसैगरी महंगो तेलमा सस्तो तेल मिसाउने, तेलको गुणस्तर छिट्टै विग्रने, उद्योगमा अभिलेख नहुने, दुध गुणस्तीय नहुने, पिभीको समस्या, लेबलिङ र भ्रमपूर्ण विज्ञापन गर्ने जस्ता समस्या देखिएको बरिष्ठ खाद्य अधिकृत रिजालले बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: