कैलाश मान्सरोवरमा धार्मिक पर्यटन बढ्यो


हुम्ला सदरमुकाम सिमकोट हु“दै तिब्बतमा रहेको कैलाश–मानसरोवर दर्शन गर्न धार्मिक पर्यटकको घुइ“च्चो लाग्ने गरेको छ । हुम्लाका विभिन्न तीर्थस्थललगायत कैलाश– मानसरोवर दर्शन गर्न जाने पर्यटक सिमकोट विमानस्थलमा पुगे लगत्तै स्थानीय बासिन्दाले बाजा गाजासहित पाहुनाको स्वागत गरेका थिए ।

कैलाश–मानसरोवर दर्शन गर्न जानका लागि मुख्य बाटो हुम्लाको नाम्खा गाउ“पालिकाको हिल्सा नाका भएकाले हरेक वर्ष जेठदेखि भारतीयसहित विभिन्न देशका नागरिक हुम्लाको सिमकोट ह“ुदै जाने गरेका छन् । शनिबार पहिलो दिनमै विभिन्न निजी एयरलाइन्सले ७१ जनाभन्दा बढी धार्मिक पर्यटक ल्याएका छन् । माउन्टेन एयरको हेलिकोप्टरले मात्रै शनिबार २३ जान पर्यटकलाई कैलाश–मानसरोवर दर्शनको लागि हिल्सा ल्याएको थियो ।

शनिबार विहान कैलाश– मानसरोवर दर्शन गर्न आएका पहिलो चरणका पर्यटकलाई स्थानीयले सिमकोट विमानस्थलबाटै बाजा गाजासहित स्वागत गरेका हुन् । आजको नेपाल समाचार पत्र दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: