सिमा नाकाको प्रहरी चौकीमा भारतीयको गोली चल्यो


पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली चलाएको हो ।

भारतीय नागरिक देवीदिन विक शुक्रबार नरैनापुरमा चरेससहित पक्राउ परेका थिए । उनलाई छुटाउन सीमापारिका अधिकांश नागरिक आएर प्रहरी कार्यालय घेराउ गरेर गाडीमा ढुंगा र आगजनी गरेपछि गोली चलाउनुपरेको बाँके प्रहरीका निमित्त प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए । देवीदिनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । गोली चलाइए पनि दुवैतर्फ कुनै क्षति नभएको प्रहरीले जनाएको छ । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: