राजदरबार हत्याकाण्डका प्रत्यक्ष दर्शी एक सैन्य अधिकारीको आत्मवृत्तान्त


१८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो ? यसबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्। तत्कालीन राजपरिवारका अधिकांश सदस्यको ज्यान जानेगरी जेठ १९ मा भएको हत्याकाण्ड र त्यसपछिका दृश्यावलीको वर्णन समेटिएको पुस्तक ‘दरबारको दुःखान्त’ आउँदो सोमबारदेखि बजारमा आउन लागेको हो।

२०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालिन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना। उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्वन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ।

तत्कालीन राजा, रानी र युवराजको एडीसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घट्नाका साक्षी रानाको पुस्तकमा हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंग पढ्न पाइने किताब पब्लिसर्सले शनिबार जारी विज्ञप्तिमा जनाइएको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: