किरातहरुको उभौली पर्व आज


किराँतहरुले शनिबार उभौली पर्व मनाइरहेका छन्।वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाईने पर्वको आज सुरु भएको छ |

आफूहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले प्रत्येक वर्ष चण्डी पूर्णिमादेखि  परम्परागत रुपमा भूमिपूजा गरी उभौली चाड चण्डी नाच गर्दै एक महिनासम्म मनाउने गर्छन्।

किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गर्छन्। किराँतहरूको याे पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ।

यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो। वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ। नाचमार्फत प्रकृतिको आराधना गर्ने गरिन्छ। चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ।

यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन रुपमा पनि मानिन्छ। उभौली पर्व मौसमसँग सम्बन्धित छ। अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भनेर यो पर्व मनाउने गरिन्छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: