सयौं लिटर घरेलु मदिरा प्रहरीद्वरा नष्ट


जिल्लालाई मदिरा मुक्त बनाउने अभियान स्वरूप शनिबार  प्रहरीले १२ सय ४५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गगरेको छ ।

पुतलीबजार नगरपालिका अन्तर्गतका विरेन्द्रनगरबाट दुई सय ५५ लिटर, राङखोलाबाट तीन सय ३५ र कुमालगाँउबाट ६ सय ५५ लिटर अवैध घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारीले बताए ।

यसअघि पनि चापाकोटबाट पाँच सय ६५ लिटर, फेदिखोलाबाट पाँच सय लिटर, केवरेबाट २७ लिटर मदिरा नष्ट गरेको उनल बताए । उनका अनुसार यो अभियान जिल्लाका ११ वटै तहमा तिव्रताका साथ निरन्तरता दिइने  छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: