जेठ १० गते प्रधानमन्त्री कप क्रिकेट २०७६


राजधानी काठमाडौंमा यही १० जेठदेखि ‘एक्सपर्ट प्रधानमन्त्री कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेश्नलले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरि  ‘एक्सपर्ट पीएम कप’ को तेश्रो संस्करण बारे जानकारी गराएका हुन् । १० जेठदेखि २५ गतेसम्म हुने प्रतियोगिताका खेलहरु र्कीतिपुर र मुलपानी खेल मैदानमा हुनेछ । प्रतियोगितामा ३ विभागीय सहित ७ वटा प्रदेशका १० टिमले सहभागीता जनाउने छन् ।

समूहका शीर्ष २–२ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको कुल बजेट एक करोड ७५ लाख रुपैयाँ रहेको छ । परिषद्ले ८० लाख उपलब्ध गराउने छ भने बाँकी नेपालय इन्टरनेश्नलले प्रायोजकको सहयोगमा लगानी गर्ने भएको छ ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५० ÷५० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज रहेको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: