५ वर्षमा पहिलो चोटी पत्रकार सम्मेलन तर चुपचाप बसे मोदी


भारतका प्रधानमन्त्री बनेको पाँच वर्ष बित्न लाग्दा नरेन्द्र मोदी पहिलो पटक शुक्रबार पत्रकार सम्मेलनमा उपस्थित भएका छन्। भारतीय जनता पार्टीले नयाँ दिल्लीमा  आयोजना  गरेको पत्रकार सम्मेलनमा मोदीले सुरूमा आफ्ना भनाइ राखे।

उनले जारी लोकसभा चुनावमा आफ्नो दलले बहुमत ल्याउने दाबी गरे।

त्यसपछि प्रश्नका लागि फ्लोर ओपन गरियो। पत्रकारले आफूलाई लागेका जिज्ञासा राखे। उनीहरूका प्रश्न मोदीलाई सोधिएका थिए तर जवाफ भने सँगै बसेका भाजपा अध्यक्ष अमित शाहले दिए।

पत्रकारहरूले आफूहरूले प्रधानमन्त्रीबाट उत्तरको अपेक्षा गरेको बताएपछि शाहले भने-सबै प्रश्नको उत्तर प्रधानमन्त्रीले  दिइरहनु पर्दैन।

त्यसअघि मोदीले आफू अनुशासनको पालक भएकाले अध्यक्षले जे भन्नुहुन्छ त्यही मान्ने भन्दै प्रश्नहरू शाहतिर सोझ्याएका थिए।

शाहले भाजपाकी लोकसभा उम्मेदवार साधवी

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: