‘सुपर मम’ प्रतियोगिता प्रति नायिका प्रधानको आपत्ति


बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगिताकाे आयोजक नेपाली चलचित्रकी नायिका पुजना प्रधानलाई पक्षपाती ढंगले निर्णय गरेकाे अाराेप लागेकाे छ ।

आफूहरुको आत्मसम्मानमा ठेस पुर्याउने गरी पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ ।  प्रतियोगिहरूले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी १० जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा  १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए ।

आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले गम्भिर असन्तुष्टि पोखेका छन् । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: