अखिल क्रान्तिकारी अध्यक्ष फेरी पक्राउ परे


नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका पोलिटब्यूरो सदस्य चिरञ्जीवी ढकाल अदालतबाट रिहा भए लगत्तै फेरि पक्राउ परेका छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंबाट रिहा भए लगत्तै उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको छ।

यसअघि उनलाई काठमाडौँको अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दा पक्राउ गरिएको थियो।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: