घरेलु रक्सीमा पिसाब र प्याड!


दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी)मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ ।

दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो ।
सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए ।

रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता वस्तु भेटिएको र घरेलु रक्सी हानिकारक भएको भेटिएको प्रहरीले बताएको छ । अन्नपूर्ण दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: