कम्युनिष्ट पार्टी एकता ; कता कता !


सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगेको छ। नितान्त फरक धारका दुई कम्युनिस्ट पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन। सांगठनिक र सैद्धान्तिक दुवै पक्षमा थुप्रै काम बाँकी छन्।

भइसकेका काम पनि धेरै छन्। तर, बाँकी बढ्ता मतभिन्नताका छन्। त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ। नेताहरू एकता पूर्णतया टुंग्याउन जोडतोडले लागेका देखिए पनि अवस्था कता–कता अल्झिएको छ।

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो। अन्ततः ५६ वर्षपछि २०७५ जेठ ३ गते दुई ठूला कम्युनिस्ट घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित तुल्याएका थिए।

केन्द्रीय समितिको औपचारिक बैठक वर्ष दिनमा एकपटक पनि बसेको छैन। तत्कालीन पार्टीका तल्लो तहसम्म पूर्ण एकता भइसकेको छैन। पार्टी जिल्ला कमिटी गठन र जनसंगठनको नेतृत्व चयनमा नेतृत्वलाई अति सकस परेको थियो। आजको अन्नपूर्ण दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: