जेठ ४ देखि नुवाकोट कृषि मेला


तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि मेला हुने भएको छ । आगामी ४ देखि ८ जेठसम्म नुवाकोटको ककनीमा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ हुने भएको हो ।

स्थानीय कृषकबाट उत्पादित कृषि उत्पादन, पशुपंक्षी र मत्स्य व्यवसासय, जडीबुटी तथा कृषि तथा वन पैदावरमा आधारित घरेलु तथा परम्परागत उत्पादनहरूलाई बजारीकरण गर्ने, कृषक तथा उद्यमीलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कृषिमा निर्भर स्वाधीन अर्थतन्त्र निर्माणको आधार तयार गर्न र कृषि क्षेत्रको माध्यमबाट पर्यटन व्यवसाय प्रवद्र्धनमा सहयोग पु-याउन मेलाको आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मेलाले प्रदर्शनीस्थलमा कृषकहरूका उत्पादन आमउपभोक्तामाझ पु-याउने, कृषि औजार तथा कृषि यान्त्रिकीकरणको माध्यममार्फत् समुन्नत कृषि ग्राम निर्माणमा सहयोग पु-याउने, अर्गानिक खेती प्रणाली सम्बन्धमा जनस्तरमा चेतना अभिवृद्धि गर्ने, पशुपक्षी तथा बाली उत्पादनमा कृषकहरूको जोखिम न्यूनीकरण गर्ने विश्वास लिइएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: