एसिड प्रहारको शृंखला


 

चार वर्षअघि २०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि जीवन विकले एसिड छ्यापेका थिए । संगीताले प्रेम अस्वीकार गरेको प्रतिशोधमा जीवनले नयाँ सडकबाट एक सय २५ रुपैयाँमा एसिड किनेर ल्याई छ्यापेका थिए ।

यस्तै प्रकृतिको घटना चार वर्षपछि कालोपुलमा दोहोरियो । दुवै घटनामा प्रतिशोध साध्नकै लागि एसिड प्रहार भएको र आरोपितले सजिलैसँग एसिड किनेर ल्याएको देखिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ पछिका ५ वर्षमा एसिड प्रहारका घटनाबाट १२ महिला र ३ पुरुष पीडित भएका छन् । प्रहरीका अनुसार अधिकांश यस्ता घटनामा किशोरी पीडित बन्ने गरेका छन् र घटनाको अन्तर्यमा प्रेमसम्बन्ध र प्रतिशोध मिसिएको भेटिन्छ । आजको कान्तपुर दैनिकबाट |
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: