एउटै कोठामा दुईटा कक्षाको पढाई !


एघार बर्षीया छात्रा प्रतिक्षा रासकोटीको सपना धेरै पढेर डाक्टर बन्ने सपना छ । तर लक्ष्य प्राप्तीका लागि अध्यन गर्ने विद्यालयको अवस्था भने कन्तबेजोग छ । जहाँ नर्सरी देखि कक्षा पाँचसम्मका विद्यार्थीलाई तीनवटा कक्षामा संगै राखेर पढाउने गरिन्छ । ‘सरले चार र पाँच कक्षालाई एउटै कोठामा राखेर पढाउनु हुन्छ ।

पढाएको पनि केहि बुझिदैन’ दाङको शान्तिनगर गाउँपालिका–३ केराघारी स्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा कक्षा ५ मा अध्यनरत छात्रा रासकोटीले भनिन् । उज्यालो भविष्य बनाउन पढ्न आउने कलिला यस्तै ७२ जना बालबालिकाहरुका लागि विद्यालय हिजो आज समय विताउने थलो जस्तै बनेको छ ।

विद्यालयको चौरमा उफ्रिरहेका बालबालिकालाई ठूलो भएपछि के बन्छौ भनेर सोध्यो भने कसैले डाक्टर भन्छन कसैले मास्टर भन्छ त कोही हाँसेरै प्रतिकृया दिन्छन् । कालिला नानिहरुको भविष्यको चिन्ता र स्कुलको अवस्थालाई घोत्लिएर सोच्ने हो भने जो सुकैलाई पनि एकपटक ती शब्दले भावुक बनाउछ ।

उनको घर भएको स्थान भ्युडरबाट विद्यालयसम्म आउन एक घन्टा लाग्छ । तर विद्यालयको पढाइको अवस्था भने यो हविगत छ । दुइ वटा कक्षाका विद्यार्थीलाई एक जना शिक्षकले एउटै कक्षामा राखेर पढाउदा होहल्लाका कारण पढाई नबुझिने गरेको छात्रा रासकोटीको भनाई छ । ‘नानीले सबैलाई एउटै कोठामा राखेर मास्टरले पढाउछन भन्छे,’ दिपा रासकोटीका आमा(अभिभावक) रमा रासकोटीले भनिन् ‘ गञ्जागोलमा पढाउने भएकाले मेरी छोरीले केहि पनि जान्दीन ।’ छोराछोरीका लागि दुःख गरेको बताउने अभिभावक रमाले राम्रो शिक्षक, राम्रो पढाई र अलग अलग कक्षा कोठामा पढाउनु पर्ने माग गर्नुहुन्छ । २०१७ सालमा स्थापना भएको विद्यालयमा सम्बन्धित निकायको लापर्वाहीका कारण शिक्षक नहुँदा कलिला नानीको सपना दिनदिनै निमोठीएका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: