निर्माण सामग्री अभावले मध्यपहाडी लोक मार्ग अलपत्र


मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा– बागलुङ्ग खण्ड स्तरउन्नतीको काम निर्माण सामाग्रीको अभाब र बेमौसमी बर्षाका कारण प्रभावित बनेको छ ।

लोकमार्गको पर्वत खण्डमा निर्माण कार्य सुस्त भएको छ भने लुम्ले खण्डमा निर्माण सामाग्रीको अभाबमा कालोपत्रे गर्ने काम नै रोकिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यस सडक खण्डमा यस आर्थिक वर्षसम्ममा ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको थियो । पर्वत र कास्कीको सिमाना नयाँपुल देखि कास्कीको फेदी खण्डमा निर्माण सामाग्रीको अभाब भएपछि निर्माण कार्य बुधबार देखि रोकिएको छ ।

निर्माण सामाग्री अभाबमा कालोपत्रेको काम अलपत्र परेको छ भने बेमौसमी बर्षाका कारण पनि काम सुस्त हुन पुगेको छ । पर्वतको कुस्मा र कास्कीको हेम्जामा खानेपानीका पाइप तथा बिद्युतका पोल स्थानान्तरण गर्न समस्या भएपछि भएपनि सोचे अनुसारको प्रगति हुन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: