भ्रष्ट्रचार आरोपी पूर्व आयुक्त पाठक अख्तियारमा हाजिर


घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासमा बयान भइरहेको छ ।

चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग पाठकमाथि छ ।

अख्तियारले पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भएमा दुवै जनाले ७८ लाख रूपैयाँ जरिवाना तिर्नुपर्नेछ । सोही बराबरको उनीहरुको सम्पत्ति जफत हुनेछ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: