नेपलिक्स प्रति संचार मंर्त्री बास्कोटाको कटाक्ष


सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडियाले व्यक्तिको प्रतिष्ठामा आघात पु¥याउने गरी समाचार प्रकाशन गरेको टिप्पणी गरेका छन् । सौराहामा मंगलबार नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन कार्यक्रममा उनले पत्रकारले समाचारमा आरोप मात्र लगाउने तर पुष्टि नगर्ने गरेको बताए ।

मन्त्री बाँस्कोटाले पत्रकारितामा बेथिति बढेको दाबी गर्दै खोज पत्रकारिता केन्द्रका पछिल्ला समाचारप्रति रोष प्रकट गरे । ‘विक्लिक्सको संसार हल्लाउने रिपोर्ट आयो । नेपालमा पनि नेपालिक्स जारी भयो । प्रतिष्ठित औद्योगिक, व्यापारिक घरानालाई डामियो । स्विस खातामा पैसा छ भनियो,’ उनले भने, ‘यी समाचार सही नभएर व्यक्तिको प्रतिष्ठाका आघात पुर्‍याउने गरी आएका थिए ।’ उनले थपे, ‘डामिएकाहरूले स्विस खातामा पैसा छैन भने, लेख्नेहरूले खण्डन गर्ने आँट गरेनन् । थप पुष्टिको प्रयास पनि गरेनन् ।’
उनले नेपालमा शान्ति, सुशासन, समृद्धि, राजनीतिक स्थिरतालाई भत्काउन केही तत्त्व सक्रिय भएको दाबी पनि गरे । राज्य, शान्ति र न्यायलाई चुनौती दिने कुरामा कानुन सक्रिय हुनैपर्ने सञ्चारमन्त्री बाँस्कोटाले जिकिर गरे । आजको कान्तिपुर दैनिकबाट |
Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: