ब्रुमर आयो तर धुलो गएन


स्वच्छ हावा कहिले खान पाइने ? मास्कबिना कहिले हिँड्ने सकिने ? यस्ता प्रश्न काठमाडौंमा ब्रुमर नआउँदा पनि थिए र अहिले पनि छन् । ब्रुमर आएपछि काठमाडौंका धूलो कम हुन्छ भन्ने अपेक्षा आममानिसकोे थियो, जो सत्य हुन सकिरहेको छैन । काठमाडौं महानगरपालिकाले दैनिक रूपमा ब्रुमर चलाएर सडक सफा गरिरहे पनि निर्माण स्थलबाट आएका धूलो, हिलो, माटो र सवारीसाधनले भित्र्याउने फोहोरका कारण सडक सफा देखिएको छैन ।

महानगरको तथ्याकंअनुसार काठमाडौंका सडकबाट हाल दैनिक ८ देखि १० टन र धेरै धूलो भएमा १५ देखि १६ टन धूलो संकलन हुन्छ । रातभरि ब्रुमरले सफा गरे पनि भोलिपल्ट सडकमा मेलम्चीको योजना र ढल खन्ने कामबाट अवस्था उस्तै हुने गरेको महानगर वातावरण व्यवस्थापन शाखाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: