कामिरिता शेर्पाको विश्व कीर्तिमान : २३ औं पटक सगरमाथा


कामीरिता शेर्पाले २३ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरैपटक सगरमाथाको चुचुरोमा पुग्ने विश्व कीर्तिमान राखेका हुन् । २३ औं पटक सगरमाथाको सफल आरोहण गरेर उनले आफ्नै कीर्तिमान तोडेका छन् । पर्यटन विभागकी सम्पर्क अधिकृत मिरा आचार्यले कामीरिताले सगरमाथाको सफल आरोहण गरेका पुष्टि गरेकी छन् ।

उनी सेभेन समिट ट्रेक्सबाट आरोहण गरेका हुन्। उनले यसअघि पनि २२ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका थिए। सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन्। कामीरिता यसपटक विदेशी आरोहीका लागि हाई अल्टीच्युट गाइड तथा लिडरको जिम्मेवारी लिई सगरमाथा चढेका थिए । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: