बुटवल मै फल्यो स्याउ!


हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ। रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो।

तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको स्याउको बिरुवा लगाएका थिए। गत वर्ष ४/५ वटा मात्रै फल लागेका थिए। यो वर्षभने स्याउको बोटमा लटरम्म फल लागेका छन्।

जंगली प्रजातिको मिलिङ्ग जातको स्याउको बोटमा लो चिलिङ्ग जातको बोटको कलमेबाट यो स्याउको बोट तयार गरिएको हो। चिसो नभएको स्थानमा समेत यो जातको स्याउ फलेको छ। जापानी प्रजातिको यो स्याउ रुपन्देही मात्रै नभई गुल्मी र पाल्पामा समेत फलेको हो।

‘५० वटा विरुवाको ग्रासिङ गरी लो मिलिङ्ग जात तयार गरिएको हो, स्याउ फलाउने अभियान अहिले पूरा भएको छ, उनले भने। उनको नर्सरीबाट विरुवा लगेकाहरुको घरमा समेत स्याउले लटरम्म फल हालेको छ। गुल्मी र पाल्पामा समेत एकैसाथ विरुवा रोपिएको थियो। ती सबै वोटले फल दिएका छन्।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: