अखिल क्रान्तिकारी द्वारा सेवा आयोग अध्यक्ष कार्यकक्षमा ताला


त्रिभुवन विश्व विद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा भएको अनियमितताविरुद्ध अखिल क्रान्तिकारीले आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ । वैद्य र विप्लव माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

कार्यालयमा उतीर्ण भएकाहरुको अन्तर्वार्ता हुँदै गर्दा अखिल क्रान्तिकारीका संघर्ष दाहाल, कुमार बर्तौला र शुलव वैद्य तीन जना नेताहरु प्रहरी छक्याउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले प्रकाशित नतिजा खारेज र अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाई निलम्बन गरी कारबाही माग गरेका छन् । सो माग पूरा नहुँदासम्म तालाबन्दी जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: