आफ्ना अध्यक्ष माथि मान मर्दन भएको समाजवादी पार्टीको भनाई


समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले एक टेलिभिजनमा प्रश्न सोधिएको पार्टीले जनाएको छ ।

आइतबार राति एक राष्ट्रिय टेलिभिजनबाट राति ९.०० बजे प्रसारण हुने लाइभ अन्तर्वार्ताका  पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताउँदै  आइतबार राति एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

साथै,  पार्टीले पत्रकारिताको आचरणविपरीतका प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिलसहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई अपिल गरेको छ ।

सोमबार दिउँसो वीरगञ्जस्थित एभिन्यूज टेलिभिजनको क्षेत्रीय कार्यालयमा समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेको आरोप टेलिभिजनले लगाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: