गौतम बुद्द विमानस्थलको लागि अर्थमन्त्रालयको ७० करोड


भुक्तानी रोकिएको भन्दै निर्माण कार्य ठप्प भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अर्थ मन्त्रालयले थप ७० करोड निकासा दिएको छ। अर्थ मन्त्रालयले स्रोतान्तरण गरी ७० करोड रुपैयाँ बजेट व्यवस्था गरिदिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

विमानस्थल बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेस्टसिभिल एभिएसन कन्सट्रक्सनले पछिल्लो समय बिल पेस गरेको लामो समयसम्म भुक्तानी नपाएको भन्दै धावनमार्ग कालोपत्रे, पेरिमिटर र ट्याक्सी वे कालोपत्रेको काम ठप्प पारेको थियो।

आयोजनाका लागि यो वर्ष खर्च गर्न पाउनेगरी ५९ करोडमात्र बजेट विनियोजन भएको थियो। आयोजनाको धावनमार्ग, एप्रोन, टर्मिनल, ट्याक्सी वे निर्माण गर्ने कामका लागि बजेट ५९ करोडमात्र थियो। सो भन्दा बढी खर्च भएपछि पर्यटन मन्त्रालयले थप बजेटका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: