रौतहटमा निशुल्क ग्याँस चुलो र सिलिन्डर वितरण


रौतहटको पश्चिमीभेग फतुुआ विजयपुर नगरपालिकामा सैयौं परिवारलाई निशुल्क ग्याँस सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ । फतुुआ विजयपुरकी उपमेयर कान्तीदेवी महतो र मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहको प्रमुख आतिथ्यमा फतुुआ विजयपुर १ बरगिनिया टोलमा गयाँस तथा चुल्हो वितरण गरिएको हो ।

तराई मधेश जनयुुद्ध सहीद स्मृती प्रतिष्ठानको आयोजनामा कुल  ३ सय ७६ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो वितरण गरीएको वडा अध्यक्ष सञ्जय साहले बताएका छन् । रौतहट संसदिय निर्वाचन क्षेत्र ३ का संघिय सांसद प्रदेश २ का नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रभुु साहले चुुनावमा प्रस्तुत गरेको घोषणापत्रमा क्षेत्रलाई धुुँवामुुक्त बनाउने योजना अनुसार गरिब, दलित,विप्पन, वर्गलाई बिषेश प्राथमिक्तामा राखी ग्याँस सिलिण्डर चुुल्हो वितरण भइरहेको नेकपाका प्रदेश कमिटी सदस्य त्रिभुुवन साहले बताए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: