त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट !


एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय २५१ औं स्तरमा सूचीकृत भएको छ। ३ सय मध्ये २५१ औँ स्थानमा त्रिवि परेको हो।

बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार गरेको विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि गत वर्ष सोही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१ औं विश्वविद्यालयहरुको सूचीभित्र  त्रिभुवन विश्वविद्यालय परेको थियो। हजार विश्वविद्यालयमध्ये त्रिवि ८०१ स्थानमा परेको थियो।
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: