आईपिएल २०१९ : आज फाईनल मुम्बई र चेन्नेई भिड्दै


१२ औं संस्करणको आईपिएलको उपाधिका लागि आज मुम्बई इन्डियन्स र चेन्नेई सुपरकिंग्स भिड्दै छन्।

आज फाइनल खेल राति ८ बजे हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने छ।

लिग चरणमा शीर्षस्थानमा रहेको मुम्बई पहिलो क्वालिफायरमा चेन्नेईलाई हराउदै फाइनलमा प्रवेश गरेको हो। चेन्नेईले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर पनि खेल्नु प¥यो। उसले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो।

आईपीएलको यो संस्करणमा लिग चरणका दुवै खेलमा मुम्बईले चेन्नेईलाई हराएको थियो। त्यस्तै, पहिलो क्वालिफायरमा पनि मुम्बईले नै जित हासिल गरेको हो।

अहिलेसम्म मुम्बइ र चेन्नेईले तीन/तीन पटक आईपीएल उपाधि जितेका छन्। यो पटक जसले जित्यो उही सर्वाधिक उपाधि जित्ने टिम बन्ने छ।

यस अघि कलकत्ताले दुई पटक, सनराईज हैदरावाद, राजिस्तान रोयल र डेकन चार्जरले एक/एक पटक उपाधि जितेका छन्।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: