अमेरिकाको शक्तिशाली हतियार ईरानमा तैनाथ


संयुक्त राज्य अमेरिकाले इरानसंग तनाव बढिरहेको बर्तमान परिप्रेक्ष्यमा मध्य पुर्वमा प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पठाएको छ । अमेरिकाले उक्त युएसएसअव्राहम लिन्कन स्ट्रइम गु्रप लगायत जल र थल दुवैमा चलाउन मिल्ने लडाकु सवारी साधन र विमानहरु सहितको युएसएस एलिंगटन नामक युद्धपोत पनि खाडी क्षेत्रमा तैनाथ गरेको छ ।

यसैबिच अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले कतार स्थित सैनिक अखडामा युएस बि–५२ बम बर्षक विमानहरु पुगिसकेको जानकारी शनिवार गराएको छ । अमेरिकाले सो क्षेत्रमा अहिले अमेरिका फौजमाथि कुनै पनि बेला इरानबाट आक्रमण हुनसक्ने खतरा रहेकाले यो कदम चालिएको बताएको छ ।

तर इरानले भने अमेरिकाको यस प्रकारको भनाई वाहियात भएको प्रतिक्रिया दिएको छ । बरु तेहरानले यसरी त्यहाा हातहतियार तैनाथ गर्नुको अर्थ ‘ मनोबैज्ञानिक युद्ध’ भएको जनाएको छ । हालै मात्र सन् २०१५ मा विशयका छ वटा शक्रि राष्ट्रसंग भएको आणविक सम्झौताका केहि बुँदा निलम्वन गरेका इरानका राष्ट्रपति रुहानी हुस्सेनले पुन यरेनियम प्रशोधन कार्य थालनी गर्ने चेतावनी समेत दिएका छन् । आजको नेपाल समाचार दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: