८५ करोडमा भारत संग रेल किन्ने सम्झौता


नेपाल र भारत सरकारबीच रेल खरिद गर्नका लागि सम्झौता भएको छ । नेपालका तर्फबाट रेल विभागका महानिर्देशक बलराम मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाइरेक्टर सञ्जय गुप्ताबीच डिजेल इलेक्ट्रिक मल्टियुनिट (डीईएमयू)मा आधारित रेल खरिद गर्न सम्झौता भएको हो । डीईएमयूमा आधारित दुई थान रेल करसहित कुल ८४ करोड ६५ लाख ९४ हजार ६ सय रुपैयाँमा खरिद गर्न लागिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीको उपस्थितिमा सम्झौता भएको हो । रेल विभागका महानिर्देशक बलराम मिश्रले आगामी ४ महिनामा रेल उपलब्ध गराउने सम्झौता भएको जानकारी दिए । उनले सबै तयारी गरेर रेल सञ्चालन गर्दा पाँच महिना लाग्ने बताए । उनले सबै काम योजनाअनुसार काम भए आगामी असोजसम्ममा रेल सेवा सञ्चालनमा आउने बताए ।

आगामी असारबाट चलाउन खोजेको तर भारतमा आमनिर्वाचन भइरहेका कारण सम्झौता हुन नसकेको जानकारी गराउँदै मिश्रले भने, ‘रेल खरिदका लागि दुई देशबीच सम्झौता हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको छ ।’ जीटुजीमार्फत रेल खरिद गरेर ल्याउन लागिएकाले सामान्य सप्लायर जस्तो नहुने भन्दै समयमै आउने मिश्रले दाबी गरे । आजको राजधानी दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: