याक एण्ड यति होटेलबाट १२ जना पक्राउ


प्रहरीले होटेल याक एण्ड यतिबाट हाइप्रोफाइका १२ जना भारतीय नागरिक पक्राउ गरेको छ ।

दरबारमार्गनजिकै रहेको पाँचेतारे होटेल याक एण्ड यतिबाट नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग बिजनेश संचालन गर्न लागेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, महानगरिय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

भारतमा साइन ग्रुपको नामले सञ्चालित नेटवर्किङ्ग बिजनेशलाई नेपालमासमेत विस्तार गर्नको लागि नेपाली नागरिकलाई साहभागी गराइ नेटवर्किङ व्यापार प्रशिक्षण र तालिम सञ्चालन गरिरहेको विशेष सूचनाको उनीहरुलाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: