यसपटक नि फाईनल खेल्ने दिल्लीको सपना अधुरै


शुक्रबार राती भएको आईपिएलको दोस्रो क्वालीफायरमा  चेन्नेईले दिल्ली माथि सहज जित निकालेको छ |  ओपनर फाप डुप्लेसिस र शेन वाट्सनले अर्धशतकीय पारी खेलेपछि दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरी चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।

उपाधिका लागि चेन्नईले आइतबार मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा मुम्बईसँग नै हारेपछि चेन्नईले दोस्रो क्वालिफायर दिल्लीसँग खेल्नुपरेको हो । यी दुई टोलीले अहिलेसम्म तीन तीन पटक आईपीएल जितेका छन् । मुम्बईले २०१३, ०१५ र १७ मा उपाधि जितेको थियो भने चेन्नाईले सन् २०१०, ०११ र ०१८ मा उपाधि जितेको थियो ।

विसाखापट्टनममा भएको दोस्रो क्वालिफायरमा १४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनर डुप्लेसिस र वाट्सन दुवैले समान ५० -५० रनको पारी खेले । डुप्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । चेन्नईका लागि सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ९ रन जोडे । अम्बाती रायडु २० रनमा अविजित रहे ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: