वीर हस्पिटलमा विवादास्पद टेन्डर गर्ने विरुद्द अदालतमा रिट


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले १ पैसा मूल्यमा अण्डालगायत विभिन्न रासन सामग्रीे खरिदको टेण्डर स्विकृत गरेपछि त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट दायर भएको छ ।

आफ्नो योगयता पुग्दापुग्दै अयोग्य फर्मको टेण्डर स्विकृत गरेर अन्याय गरेको भन्दै न्यू आरके ट्रेडर्स (सप्लाएर्स फर्म) ले न्याम्सविरुद्ध अदालतमा रिट दर्ता गरेको हो ।

आरके वीर अस्पतालमा रासन सामग्रीे टेण्डरका लागि निवेदन दिने प्रतिष्पर्धी फर्म हो । आफूले रासन खरिदविक्री सम्बन्धी योग्यता र अनुभवको प्रमाण बुझाउँदा पनि अयोग्य फर्मको टेण्डर स्विकृत गर्न नहुने आरकेको भनाई छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: