छोरीलाई आगो लगाए आफ्नै बाबुले


दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई बिहीबार जिउँदै जलाएर हत्या गरेका छन् । घरायसी  विषयमा आफ्नी श्रीमतीसँग मनमुटाव भएपछि विष्टले  १० महिनाकी छोरी अनुस्कालाई जलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाई छोरीलाई मारेको खुल्न आएको हो । छोरीलाई जलाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बालिकाका बुबा र आमा दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: