स्वर्गद्वारी मन्दीरको ९५८ बिगा जग्गा व्यक्तिको नाममा !


महत्त्वपूर्ण धार्मिक गुठी स्वर्गद्वारी आश्रमको ९ सय ५८ बिघा जमिन विभिन्न व्यक्तिले कब्जा गरेका छन् । २४ वर्षदेखि आश्रमको जग्गामा व्यक्तिको रजाइँ चलिरहेको हो । सशस्त्र द्वन्द्व सुरु भएपछि आश्रमको जग्गामा व्यक्तिले कब्जा गर्न थालेका थिए । पछि मुक्त गराउन प्रशासन र अदालत धाउँदासमेत फिर्ता भएको छैन ।

दाङको घोराही-१४ झिंगौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा व्यापारिक प्रयोजनका लागि निर्माण भइरहेका भवन । केही जग्गामा संरचना बनाई व्यापारिक प्रयोजनका लागि भाडामा दिने भनेर घोराही उपमहानगरपालिकाले जिम्मा लिए पनि आश्रमले केही पाउन सकेको छैन । तस्बिर : दुर्गालाल/कान्तिपुर

देउखुरीमा रहेको ९ सय ९८ मध्ये आश्रमले ४० बिघा मात्र उपभोग गर्न पाएको छ । कतिपय जग्गाको उब्जनी ०४५ सालदेखि नपाएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताएको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ |
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: