पर्यटन मन्त्री नियुक्त गर्ने सम्बन्धमा सरकारका प्रवक्ताको यस्तो टिप्पणी


सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले नै पर्यटन मन्त्रालय सम्हालेको बताए ।

मन्त्रिपरिषदको निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले पर्यटन मन्त्रालय प्रधानमन्त्रीले हेर्दै आएको र राज्यमन्त्री पनि रहेकोले मन्त्री अहिले नियुक्त गर्नु पर्ने अवस्था नरहेको बताए ।

मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालय खाली रहेको मन्त्रालयमा कहिले मन्त्री नियुक्त हुन्छन् भन्ने प्रश्नमा प्रवक्ता बाँस्कोटाले भने, ‘पर्यटन मन्त्रालय प्रधानमन्त्रीले सम्हानुभएको छ । भिजिट नेपाल २०२० लाई कुनै फरक पर्दैन । राज्यमन्त्री पनि हुनुहुन्छ ।’

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: