डेढ किलो सुन सहित मकवानपुरमा एक पक्राउ


प्रहरीले मकवानपुरबाट डेढ किलो भन्दा बढी सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्च जाँदै गरेको बसमा सुन लिएर हिडेका भोजपुर घर भएका २९ वर्षीय लवगुन विकलाई हेटौंडाको रातमाटेबाट प्रहरीले पक्राउ गरेको हो । ना ८ ख ३७९३ नम्बरको बस जाँच गर्दा १ किला ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम सुन फेला परेको हो  ।

विकले जुत्ताको भित्र र र पाईन्टको खल्तीमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बरामद सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको बताए । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: