नेपालगंज नाका बाटै ६ अर्बको चामल भित्रियो


चालू आर्थिक वर्षको ९ महिनामा नेपालगन्ज नाकाबाट करिब ६ अर्ब रुपैयाँबराबरको चामल आयात भएको छ । गत चैत मसान्तसम्ममा ५ अर्ब ८७ करोड १५ हजार ६ सय १ रुपैयाँबराबरको ९ करोड ७७ लाख ३२ हजार ५ सय ३९ किलो चामल भारतबाट आयात भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए ।

नेपालगन्ज नाकाबाट मूल्यको आधारमा हाइस्पिड डिजेलपछि दोस्रोमा चामल आयात हुने गरेको छ । चामल आयात गर्दा ३९ करोड २६ लाख ५१ हजार २ सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ ।

चालू आवको ९ महिनामा ८ अर्ब ३२ करोड १० लाख ७१ हजार ५ सय ८६ रुपैयाँको हाइस्पिड डिजेल, दुई अर्ब १० करोड १४ लाख ७६ हजार २ सय ९१ रुपैयाँको एलपी ग्यास र १ अर्ब ७९ करोड ७ लाख ६७ हजार रुपैयाँको पेट्रोल आयात भएको भन्सार अधिकृत जोशीले बताए । आजको नयाँ पत्रिका दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: