सभामुख ईतिहास मै कमजोर भएको देउवाको ठहर


कांग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महराले निष्पक्ष ढंगबाट संसद् चलाउन नसकेको भन्दै उनको भूमिका इतिहासमै कमजोर भएको बताएका छन् । कांग्रेसको बुधबारदेखि देशभर सुरु भएको राष्ट्रिय जागरण अभियानको राजधानीमा सुरुवात गर्दै सभापति देउवाले संसद्मा सभामुखको भूमिका सरकारको जस्तै असहिष्णु बन्ने गरेको टिप्पणी गरे ।

प्रतिपक्षको विरोधका बाबजुद सभामुख महराले मंगलबार संसद् चलाएका थिए । सरकारको वाषिर्क नीति तथा कार्यक्रम कांग्रेसको अवरोधकै बीचमा पारित गराएका थिए । यसअघि चिकित्सा विधेयक पारित गर्ने क्रममा पनि सभामुखको भूमिका त्यस्तै थियो । मंगलबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले ‘आक्रोश, कुण्ठा र निम्छरा’ प्रश्नको जवाफ नदिने बताएपछि प्रतिपक्षी कांग्रेसले संसद्मा अवरोध गरेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: