पहिले काम अनि दाम : मेलम्चीलाई एबिड़ीको सुझाव


एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अघि नबढेसम्म याङ्ग्री र लार्के खोलाको पानी ल्याउन आर्थिक सहायता नदिने जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयलाई पत्र पठाई एडीबीले उक्त जानकारी दिएको हो ।

 

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पहिलो चरणको काम अघि नबढ्दा अन्योल सिर्जना भएको बताए । ‘एडीबीले पत्राचार नै गरिसक्यो,’ उनले भने, ‘याङग्री र लार्केसमेत प्रभावित हुने भयो ।’ सुरुङका साथै याङ्ग्री र लार्केको काम सँगै अघि नबढाएसम्म एडीबीले सहयोग नदिने संकेत दिएको भन्दै उनले बन्द काम चाँडो सुचारु गरिने बताए । यसबारे मन्त्रिपरिषद् बैठकले चाँडै टुंगो लगाउने उनले बताए ।
पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर र दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७/१७ करोड पानी उत्यकामा ल्याइनेछ । सुरुङलगायत अन्य संरचना ५१ करोड लिटर पानी ल्याउनका लागि निर्माण भइसकेको भन्दै उनले याङ्ग्री र लार्केको काम चाँडो अघि बढाउनुपर्ने बताए । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको पानी राजधानी ल्याउन विस्तृत आयोजना प्रतिवेदन -डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाएको छ ।
‘अन्तर्राष्ट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिएका छन्,’ शर्माले भने, ‘डीपीआर स्वीकृत भएको छ, अब टेन्डर आह्वान गरेर काम अघि बढाउनमात्र बाँकी हो ।’ नर्वे, क्यानडा, भारतलगायत मुलुकबाट विज्ञ मगाएर छलफल भएको उनले बताए । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलासम्म पुग्ने पहुँचमार्गको पनि काम सुरु भइसकेको छ ।आजको कान्तिपुर दैनिकबाट |
Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: