गोर्खा इको प्यानलको कारखानामा आगलागी, ५० लाखको क्षति


भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलको कारखानामा मंगलबार बिहान आगलागी भएको छ । चाँंगुनारायण नगरपालिका वडा नं. ९ ताथली हनुमानचास्थित कारखानामा बिहान पौने तीन बजे आगलागी भएको हो । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी पश्चात बिहान नै दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । जुद्ध वारुण यन्त्र कार्यालय दूधपाटी भक्तपुरबाट आएको एउटा दमकलले आधा घण्टा लगाएर आगलागी नियन्त्रणमा लिन सफल भएको थियो । आगलागी भएको १५ मिनेटभित्र दमकल पुगेका कारण धनजनको ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको दमकल टोलीले बिहान नै आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति भने हुन पाएन । आगलागीबाट कारखानाका ईपीएस, कमेकिल, फाइवरमेश, ग्लास फाइबर, काठको प्यालेट, इलेक्टिक मोटर, मिक्सर, जेनेरेटरलगायतका सामानहरुमा क्षति पुगेको थियो ।

गोर्खा इको प्यानल निर्माण सामग्री उत्पादन गर्ने कम्पनी हो । यसले भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा इटाको विकल्पको रुपमा प्रयोग हुने इको प्यानल (निर्माण सामग्री) उत्पादन गर्दै आएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: