नयाँ शक्तिबाट असन्तुष्टहरु भटाभट नेकपामा प्रवेश गर्दै


नयाँ शक्ति पार्टीकी नेतृ सिमा बिक नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेकी छन् ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार आयोजित कार्यक्रममा पुर्व संविधान सभा सदस्य समेत रहेकी विक नेकपा प्रवेश गरेकी हुन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेले पार्टी प्रवेश गराए ।

सिमा राष्ट्रिय जनमुक्ति पार्टीबाट संविधानसभामा निर्वाचित भएकी थिइन् । तत्कालीन पार्टी अध्यक्ष शिवकुमार थापा विजयकुमार गच्छदारको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिमा प्रवेश गरेपछि विक २०७४ सालमा बाबुराम भट्टराईको नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् ।

नयाँ शक्तिमा उनी केन्द्रीय कार्यकारिणी सदस्यको जिम्मेवारीमा थिइन् । तर, सोमबार नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच भएको एकताप्रति असन्तुष्ट उनी बुधबार नेकपामा प्रवेश गरेकी हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गाी संगठन र कार्यविभाजन एक दुई दिन भित्रै टुंग्याइने बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: