विप्लवका भतिज यादव चन्द रिहा


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका भतिजा कपिलवस्तुको शिवराज नगरपालिका ९, शिवगढीका यादव चन्दलाई रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले बन्दी प्रत्यक्षीकरण रीट जारी गरेको छ । रीट जारी भएसंगै चन्द रिहा भएका छन् ।

यादवकी श्रीमती सरस्वती चन्दले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाई गर्दै न्यायाधीश कुमार पोखरेल र वामदेव ज्ञवालीको इजलासले रिहा गर्न आदेश दिएको हो ।

उनलाई बैशाख १३ गते रुपन्देहीको मणिग्रामस्थित यातायात कार्यालयमा आएको बेला पक्राउ गरेको थियो ।

बैशाख २३ गते पक्राउ गरेका यादवलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीले वैशाख १९ गते थुनुवा पुर्जी दिएका थिए । यादव भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत हुन् ।

प्रशासन कार्यालयले प्रहरीको काममा यादवले अवरोध पुर्‍याएको अभियोग लगाए पनि यादवको कसुर र पक्राउ गर्न पर्नुको स्पष्ट कारण नखुलेको देखिएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै रिहा गर्न आदेश दिएको हो ।

बुधबार भएको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु ओमप्रकाश अर्याल, लिलाधर मरासिनी, लक्ष्मण निरौला, नगेन्द्रप्रसाद बस्याल, ओमप्रसाद पंगेनी र ज्ञानु केसी. तथा विपक्षी सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता आनन्द शर्माले बहस गरेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: