चीनको गान्सु प्रान्तले प्रदेश नम्बर ३ संग भगिनी साईनो लाउने


छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका ९कामपा०बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ।

नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ।
यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो।

आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–गान्सुको आर्थिक तथा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तय भएको छ। सोही कार्यक्रममा प्रदेशसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धमा औपचारिकरूपमा हस्ताक्षर हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार अपरा≈न काठमाडौं आउँदै छन्। आजको नेपाल समाचार पत्र दैनिकबाट |

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: