डाक्टरी पढ्दै गरेका विद्यार्थी लागु औषध सहित पक्राउ


प्रहरीले बाँकेबाट एमबीबीएसका दुई जना विद्यार्थी लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ |


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्ययनरत एमबीबीएस चौथो बर्षमा अध्ययरत धनगढीका निशान चन्द र तेस्रो बर्षमा अध्ययनरत भारत राजस्थानका अंकुर शर्मा ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँट इन्चार्ज दीपक मल्लले जानकारी दिए ।

दुवै जनाको साथबाट साढे ६ ग्राम ब्राउनसुगर बरामद भएको छ । प्रहरी निरीक्षक मल्लले दुवै जना लागुऔषध प्रयोगकर्ता रहेको बताए । पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा राखिएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: