‘हवाईजहाज राम्ररी चलाऔं, त्यसपछि पानीजहाज’ : प्रदिप गिरि


कांग्रेसका प्रदीप गिरिले नीति तथा कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो चाहनालाई जनताको चाहना भनेर लेखिएको त होइन भन्दै मनोगत नहुन आग्रह गरे । समाजवाद भनेको आर्थिक वृद्धिदर मात्र नभएको चर्चा गर्दै उनले विदेशमा रहेका युवालाई नेपाल फर्काउनु समाजवादको सुरुवात हुने बताए । ‘नीति तथा कार्यक्रममा दैनिक एक कदम अघि बढने उल्लेख छ,’ उनले भने, ‘अघि बढ्नु त ठिकै हो । अघि बढदा समाजवाद होइन, दलालवाद आउला भन्ने चिन्ता छ ।’

मुलुकमा हवाईजहाज चलाउन कठिन भएका बेला पानीजहाजमा जोड दिइएको भन्दै उनले आलोचना गरे । ‘हामी पानी जहाजको कुरा गर्दै छौं, पहिला हवाईजहाज राम्रोसँग चलाऔं, पानीजहाज बिस्तारै चलाउँला ।’ उनले मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिले सुरक्षाका नाममा राज्यको साधन स्रोतको प्रयोग धेरै गरेको निगरानी जनताले गरिरहेको बताए । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: